Tuesday, March 1, 2016

बिस्मितालाई खोज्ने क्रममा अर्कैको शव फेला


फाल्गुन १८, २०७२- नारायणी नदीमा डुबेर आईतवार दिउसो देखी बेपत्ता भएकी नवलपारीको गैडाकोट १६ अमरापुरीकी १९ वर्षीया विस्मिता ज्ञवालीलाई खोज्ने क्रममा प्रहरीले मंगलवार अर्कै एक पुरुषको शव फेला पारेको छ । ६० वष भन्दा बढी उमेर भएको पुरुषको शव नारायणी नदीमा बग्दै गरेको अवस्थामा फेला पारिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक सत्यनारायण थापाले बताए ।
नाम, थर, वतन खुल्न नसकेको ती पुरुषको शव परिक्षणको लागी भरतपुर अस्पतालमा राखिएको छ । तर बिस्मिता मंगलवार राती सम्म फेला परेकी छैनन ।
उनको खोजी कार्यमा बिहानै देखी, गाउले, उनी अध्ययनरत कलेजका शिक्षक, सुरक्षाकर्मी, आफन्त जुटेका थिए । उनलाई खोज्न गाउबाट पनि ठुलै संख्यामा मानिसहरु खोजि कार्यमा जुटेका थिए ।
त्यस्तै उनी अध्ययनरत कलेका पि्रन्सिपल शेरबहादुर क्षेत्रीको नेतृत्वमा सोमवार पनि १५ जना शिक्षक समेत खोजी कार्यमा नारायणी नदीको किनारमा जुटेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त, गाउले सबै उनको खोजीमा दिनभरी नारायणी नदीको किनार चहारे तर फेला पार्न सकेनन ।
'बिस्मिता बेपत्ता भएको घटनाले कलेज परिवारलाई नै मर्माहित बनाएको छ,' प्रिन्सिपल क्षेत्रीले भने, 'खोजी कार्यमा मद्दत पुर्‍याउन कलेज बन्द राखिएको हो ।' घटनाको खबरले परिवार पनि मर्माहित भएको उनले बताए ।


No comments:

Post a Comment