फाल्गुन १८, २०७२- १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी जुडो खेलाडी फुपूल्हामु खत्री चार वर्षको छँदासम्म उनको परिवार लेलेप ९, ताप्लेजुङमै थियो, जहाँ उनी जन्मिएकी थिइन् । बुवा दोर्जे खत्री पर्यटन व्यवसायमा कार्यरत थिए । केही वर्ष भरियाका रूपमा रहेका दोर्जे पछि गाइड बने । उनको ६ महिना काम हुन्थ्यो, बाँकी ६ महिना घरमै बिताउँथे । किनभने नेपालको पर्यटकीय सिजन बाह्रै महिना चल्दैन ।
दोर्जेको परिवार ताप्लेजुङबाट राजधानी छिर्यो । बासस्थान बन्यो, नयाँबजार । १७ वर्षअघिका दिन सम्भँmदै फुपूल्हामु भन्छिन्, ‘भाइ (छिरिङ दोर्जे) पेटमा हुँदा ममीलाई जन्डिस भएको थियो । त्यसैले सबै काम गरेर बुवाले हामीलाई स्कुल पठाउनुहुन्थ्यो । उहाँ सुरुमा भरिया हुनुहुन्थ्यो । विस्तारै गाइड हुनुभयो । नौपल्ट सगरमाथा चढ्नुभयो ।’
दोर्जेकी पत्नी फुपू थाक्चे शेर्पाले खाजा–नास्ताको सामान्य होटल सुरु गरिन् । यसको नजिक जुडो सिकाउने र मार्सल आर्ट्स केन्द्र थियो/छ । जुडो खेलाडीहरूको खाजा खाने गन्तव्य त्यही होटल बन्यो । एकदिन जुडो खेलाडी लीला अधिकारी र चन्द्र डंगोल त्यहाँ पुगेका रहेछन् । ‘उहाँहरू जुडो खेल्न कोरिया जान लाग्नुभएको रहेछ । उहाँहरूले बुवालाई छोरीलाई पनि जुडो खेलाउनू पछि ठूल्ठूला गेम खेल्न पाउँछिन्, नाम कमाउँछिन् भन्नुभएछ । म त्यही थिएँ तर मलाई केही थाह थिएन । बुवाले सही ठानेर मलाई जुडो खेल्न पठाउनुभयो,’ २१ वर्षीया फुपूल्हामुले भनिन् ।
‘सुरुमा गाह्रो भयो । जीउ पूरा दुख्थ्यो । खेल्नै नजाउजस्तो हुन्थ्यो,’ फुपूले आठ वर्षअघिको अनुभव सुनाइन्, ‘जुडो बुझ्नै दुई–तीन वर्ष लाग्यो । त्यसपछि बल्ल खेलाडी बन्छु भन्ने लाग्यो ।’ स्कुल गेममा सिनियरसँग पछारिंदै उनले खेलजीवन सुरु गरेकी थिइन् । त्यसबेला सरोज महर्जन, रमेश मगर, लीला अधिकारी, इन्दिरा राई, देवु थापा, सुशीला अधिकारीलगायतका खेलाडी उत्कृष्ट मानिन्थे । ‘म पनि उहाँहरूजस्तै खेल्न पाए, हुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन् ।
त्यसबेलाकी च्याम्पियन रञ्जु राईलाई हराएर उनी पहिलोपल्ट राष्ट्रिय टिममा छनोट भइन् । अहिले विदेशमा रहेकी रञ्जुले सागमा स्वर्ण जितेपछि फुपूलाई म्यासेज गरेकी थिइन्, ‘तिमी यस्तो बलियो रहेछौ र त मलाई हरायौ ।’ सुरुमा ५२ केजी, ५७ हुँदै फुपूले अहिले ६३ केजीमा नेपाललाई सागमा स्वर्ण दिलाएकी हुन् । जयपुरमा ६ वर्षअघि भएको राजीव गान्धी जुडो च्याम्पियनसिपमा कांस्य हात पार्दै सिनियरमा प्रवेश गरेकी उनले दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुईपल्ट रजत जितेकी छन् । उनले एसियालीस्तरका जुनियर च्याम्पियनसिपमा पनि तीन पदक हात पारेकी छन् ।
‘फनजस्तो रमाइलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘बुवाको लक्ष्य मैले ओलम्पिकसम्म खेलोस् भन्ने रहेछ, भनिरहनुहुन्थ्यो । तर, म जाडोमा म्याट चिसो हुन्छ भनेर कतिपल्ट खेल्नै जाँदिनथें । साह्रै चञ्चले थिएँ । नयाँबजारमा मलाई चिन्नेहरू पहिले सिंगान चुहाउँदै हिंड्थी, अहिले गोल्ड मेडल पो जितेर ल्याई भन्छन् । त्यो भन्दा रमाइलो लाग्छ ।’
१२ औं सागको सफलताबारे उनी भन्छिन्, ‘खुसीको सीमै छैन । तर, सफल हुन अझै बाँकी नै छ । यो त सुरुआत मात्र हो । यो मेरोमात्र जित होइन, सबै गुरु र सम्पूर्ण नेपालीको जित हो । मेरो कर्म यही (जुडो) हो । जुडोले मलाई प्लेटफर्म दियो र भविष्यको बाटो देखायो । यतिसम्म खेल्छु भन्ने निश्चित छैन । तर, समस्या आयो भने पनि समाधान गरेर खेल्नेछु । जुडोले नाम र इज्जत दियो यसलाई छोड्न सक्दिनँ ।’
जुनियर, सिनियरका स्कुल, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै खारिएर अहिलेको अवस्थामा आइपुगेको उनको अनुभव छ । ‘मुख्यत: आफ्नो मिहिनेत हो, आफैंले परिश्रम गरेन भने केही सम्भव छैन । मिहिनेत, लगन र आफूमा केही गर्छु भन्ने जुनून हुनुपर्छ र त्यसलाई देखेर कोचले मौका दिनुपर्छ । यी अवसर मैले पाएँ ।
यस्ता मौका नपाएको भए म राष्ट्रिय प्रतियोगितामै सीमित हुन्थें,’ उनले भनिन्, ‘नेपाली खेलाडी धेरै मिहिनेती छन् । उनीहरूको सीप देखाउन अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणको खाँचो छ । मैलेजस्तै एक्सपोजर अरूले पनि पाए भने नेपाली खेलकुद धेरै माथि पुग्न सक्छ ।’
उनले जितेको स्वर्ण नेपालले दक्षिण एसियाली खेलकुदको जुडोमा २१ वर्षयताकै पहिलो हो । उनी जुडोमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि हुन् । ‘पहिले महिलाले जुडोमा स्वर्ण नजितेको थाहै थिएन । आश्चर्य लाग्यो । खुसीको कुरा, पछिको पिँढीले पहिलो महिला गोल्ड मेडलिस्ट भनेर मलाई सम्झिनेछन् ।
स्तर...
‘नेपालीहरू निकै मिहिनेत गरेर प्रशिक्षण गर्छन् । तर, ट्रेनिङका लागि चाहिने इक्विप्मेन्ट र सुविधा अत्यन्त न्यून छ । त्यसैमा हामी पछाडि छौं । सामग्री र सुविधा उपलब्ध गराए नेपाली खेलाडीले अझै धेरै गर्न सक्छन्,’ फुपूले भनिन् । हाल ओलम्पिक छात्रवृत्तिअन्तर्गत बुडापेस्ट (हंगेरी) मा रहेकी उनी भन्छिन्, ‘बुडापेस्ट र काठमाडौंको सुविधा तुलना नै गर्न मिल्दैन । भूकम्प र नाकाबन्दीले तनाव दिएका बेला पनि हामीले स्वर्ण जित्यौं । रजत र कांस्य अझ धेरै थप्यौं । यसलाई राम्रै मान्नुपर्छ । सरकारले खेललाई प्राथमिकता नदिंदा हामी पछाडि पर्दै गएका छौं ।’
उनले सागअघि झन्डै एक महिना बुडापेस्टमा ट्रेनिङ गरेकी थिइन् । अन्तर्राष्ट्रिय जुडो र युरोपका उत्कृष्ट खेलाडीसँग निरन्तर खेल्दा डर हराउँदै गयो । नत्र पहिले भारतीय खेलाडीसँग भिड्दा मानसिक दबाबमा हुन्थें र सानो गल्तीले हार्थें । अहिले गल्तीहरू सच्याइरहेकी छु । यही क्रममा रियो ओलम्पिक २०१६ मा छनोट हुने आस छ ।’ ओलम्पिक छनोटका रूपमा रहेको एसियन जुडो च्याम्पियनसिपलगायत प्रतियोगिता उनले खेल्नेछिन् ।
दिल्लीबाट बुडापेस्ट जाने फ्लाइट छुटेपछि काठमाडौं आएकी उनले बुधबार हंगेरी पुगेर ट्रेनिङ सुरु गरिसकेकी छन् । काठमाडौंमा रहँदा उनी अन्तर्वार्ता दिन र सम्मान थाप्न व्यस्त थिइन् । स्वर्ण जितेपछि सेलिब्रिटी भइयो नि ? ‘मलाई त्यस्तो लाग्दैन, नर्मल नै छुजस्तो लाग्छ । साथीहरू पनि ट्वाँ पर्छन्, तँ त सेलिब्रिटी हो भन्छन् । म तिमीहरूजस्तै हो, पहिलेकै फुपू हो भन्छु । साथीहरू अलि स्ट्यान्डर्ड भएर हिंड् भन्छन् । तर, म पहिलेकै फुपू हुँ,’ उनले बताइन् ।
एक स्वर्ण जितेको फुटबलको मात्र हाईहाई भइरहेका बेला उनी भन्छिन्, ‘फुटबलको बच्चादेखि बूढासम्म फ्यान हुन्छ ।
जहाँ पनि फुटबल फ्यान भेटिन्छ । जुडो र उसु सम्भवत: धेरैले सुनेका छैनन् होला ।
मलाई परिवारसँग हिंड्दा तिमी कुन खेलाडी भन्छन् । जुडोको हुँ भन्दा कराँतेजस्तै हो भनेर सोध्छन् ।’
फुटबलका २० खेलाडीको एक स्वर्ण बराबरीको सफलतामा उनी केही खिन्न भने छिन्, ‘पहिले मैले स्वर्ण जितें, त्यसपछि फुटबलले । फुटबलकै मात्र हाइलाइट हँुदा अलिकति खल्लो चाहिँ लाग्यो । हामी पनि भारतलाई जितेर आएका हौं, हाम्रो पनि गोल्ड हो फुटबलको मात्र होइन ।
फुटबल विश्वव्यापी लोकप्रिय छ, सबै मान्छेले चिनेको खेल हो, त्यसैको प्रभाव हो यो ।
बाहिर त जुडो खेलाडीलाई पनि सम्मान गर्छन्, नेपालमा प्रतियोगिता र सफलता कम भएकाले नचिनिएको होला ।’
बुवा र सगरमाथा
मिहिनेत गरेपछि प्रतिभावान् बन्नेमा विश्वास राख्ने फुपूले बुवाको घर देखेकी छैनन् । उनको हजुरआमा तिब्बती हुन् । बौद्ध संस्कृति पछ्याएको परिवारका उनी नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको फर्म घरमा थन्क्याएर हंगेरी लागेकी थिइन् । पिपल्स कलेजमा बीबीएस अध्ययनरत उनको परिवार दिदी डोमाको आम्दानीमा निर्भर छ । डोमाले बुवाको मृत्यु भएपछि त्यही कार्यालयमा एकाउन्टेन्टको काम पाएकी थिइन् ।
चैत, २०७० मा काठमाडौंमा दक्षिण एसियाली जुडो च्याम्पियनसिप भएको थियो । त्यसको तयारीमा फुपू होटलमा थिइन् । ‘बुवाले फोन गरेर पख् तँलाई जुडोमा मात्रै टाइम दिने, हामीलाई नदिने, भेट्न पनि नआउने भन्नुभयो । म छक्क परें,’ बुवासँगको अन्तिम भेटबारे फुपूले सुनाइन्, ‘गुरुलाई भनेर बुवालाई भेट्न गएँ, पूरा दिन बुवासँग बिताएँ । उहाँको कामका लागि मैले नै स्कुटर चलाएर गएँ । राम्रो खेल भनेर पकेटमनी दिनुभयो । म होटल फर्किएँ, बुवा दसौंपल्ट सगरमाथा चढ्न भनी भोलिपल्ट (२२ चैत) बेसक्याम्पतिर लाग्नुभयो ।
वैशाख ५ मा हिमपहिरोमा पर्नुभयो । यसबीच मैले रजत जितेकी थिएँ । अब उहाँको सपना पूरा गर्न ओलम्पिक खेल्न चाहन्छु ।’
उनले बुवाको पथ पछ्याउँदै सगरमाथा आरोहणको सपना पनि बुनेकी छन् । ‘त्यो सपना कहिले पूरा हुन्छ, थाहा छैन,’ उनले भनिन् ।

No comments:
Post a Comment