Saturday, March 5, 2016

महिला मृत भेटिएपछि सोह्रखुट्टेमा तनाव र श्रीमान्‌ले नै हत्या गरेको माइतीपक्षको दाबि, प्रहरी चौकी घेराउ






फाल्गुन २३, २०७२- काठमाडौंको सोह्रखुट्टेको एक घरमा डेरा गरि बस्ने संगीता थापा मृत अवस्थामा फेला परेपछि तनावको स्थिति सृजना भएको छ । उनलाई शनिबार राति आफ्नै डेरामा मृत अवस्थामा फेला पारिएको थियो ।

मृतकका माइतीपक्षले घरायसी विवादका कारण मृतकका पति नेपाल प्रहरीका सई युवराज पाण्डेले नै संगीताको हत्या गरेको आरोप लगाइरहेका छन् । बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरी प्रभागले आफ्नो नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

प्रहरी स्रोतका अनुसार मृतकका आफन्तले पति पाण्डेले नै विष खुवाई मारेको आरोप लगाउँदै प्रहरी कार्यालय घेरेका छन् । आफन्तले उनको शव समेत डेराबाट उठाउन दिएका छैनन् । थापाको पाँचदिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No comments:

Post a Comment