Saturday, March 5, 2016

महिला मृत भेटिएपछि सोह्रखुट्टेमा तनाव र श्रीमान्‌ले नै हत्या गरेको माइतीपक्षको दाबि, प्रहरी चौकी घेराउ






फाल्गुन २३, २०७२- काठमाडौंको सोह्रखुट्टेको एक घरमा डेरा गरि बस्ने संगीता थापा मृत अवस्थामा फेला परेपछि तनावको स्थिति सृजना भएको छ । उनलाई शनिबार राति आफ्नै डेरामा मृत अवस्थामा फेला पारिएको थियो ।

मृतकका माइतीपक्षले घरायसी विवादका कारण मृतकका पति नेपाल प्रहरीका सई युवराज पाण्डेले नै संगीताको हत्या गरेको आरोप लगाइरहेका छन् । बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरी प्रभागले आफ्नो नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

प्रहरी स्रोतका अनुसार मृतकका आफन्तले पति पाण्डेले नै विष खुवाई मारेको आरोप लगाउँदै प्रहरी कार्यालय घेरेका छन् । आफन्तले उनको शव समेत डेराबाट उठाउन दिएका छैनन् । थापाको पाँचदिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Friday, March 4, 2016

पहिलो गुरुङ चलचित्र एवार्ड



पोखरामा सम्पन्न प्रथम गुरुङ चलचित्र  एवार्ड–२०७२ मा विभिन्न ७० विधामा एवार्ड वितरण गरिएको छ । गुरुङ फिल्मको २० वर्षे इतिहासमा पहिलो पटक जक्सन डटकमको आयोजनामा भएको कार्यक्रममा कुल ४६ गुरुङ फिल्मले भाग लिएका थिए । एवार्डअन्तर्गत पपुलर नायिकामा मीरा गुरुङ, नायकमा बिमल गुरुङ तथा चलचित्रमा भ्रें दर्शकको रोजाइमा परे । लाइफटाइम एवार्डबाट प्रितम गुरुङ सम्मानित भए । 

दर्शक कलाकारको एवार्ड भीम गुरुङले जित्दा कृपा, छैली मुना जिन्दगी, म्ही थेवा तथा सुराग उत्कृष्ट चलचित्र घोषित भए । उत्कृष्ट नायकको एवार्ड सुवास गुरुङ, सोम गुरुङ, बेदबहादुर गुरुङ (श्याम) तथा गमन घलेले जिते । उत्कृष्ट नायिकाको एवार्ड मनीषा गुरुङ, अनुता गुरुङ, सुनिता गुरुङ एवं रजनी गुरुङले प्राप्त गरे भने विशेष: फिल्मको एवार्ड कहाँ बिसाऊँ मनको भारी, क्रमु, ङ्रैङ्हो, तिनागा, आस्यो तथा गेटपासले जिते । 

उत्कृष्ट लेखनमा माओत्से गुरुङ र इन्द्रकाजी गुरुङले एवार्ड हात पारे । युग गुरुङ, भेष गुरुङ, सन्तोष कोन्मे उत्कृष्ट छायांकार ठहरिए । उत्कृष्ट सम्पादकमा दिपेश गुरुङ, भोजबहादुर गुरुङ, सन्तोष कोन्मे तथा प्रितम गुरुङले पुरस्कार हात पारे भने उत्कृष्ट संगीतकारहरूमा लोकबहादुर गुरुङ (चों), तेजेन्द्र गुरुङ (धीं), दुर्गा गुरुङ (म्ही थेवा), गणेश गुरुङ (अस्मिता) ले पुरस्कार जित्दा गायकहरूमा धनबहादुर गुरुङ (क्रमु), मनोज गुरुङ (धीं), शेरबहादुर गुरुङ (सोल्टी राजा), मनोज गुरुङ (यो कस्तो जमाना) ले एवार्ड जिते । 

उत्कृष्ट गायिकामा अञ्जना गुरुङ (म्हि थेवा), रिमा गुरुङ (प्हीरुमाला), ज्योति गुरुङ (सैं न्होर्बे म्रुस्यों) एवं (आस्यों) सर्मिला गुरुङले पुरस्कार प्राप्त गरे । उत्कृष्ठ हास्यकलाकारमा बलबहादुर गुरुङ र गुञ्जबहादुर गुरुङ, उत्कृष्ठ द्वन्द्व निर्देशकमा भोजबहादुर गुरुङ र जनक गुरुङ, पाश्र्व संगीतमा धनबहादुर गुरुङ (क्रमु), धनबहादुर गुरुङ (आगे ठागु), उत्कृष्ट गीतकार बेदबहादुर गुरुङ (चों), लोकबहादुर गुरुङ (प्ह्रेस्यों), प्रभु गुरुङ (सोल्टी राजा), गणेश गुरुङ (अस्मिता), उत्कृष्ट निर्देशकहरूमा गोरे गुरुङ (कहाँ बिसाऊँ मनको भारी), गोरे गुरुङ (नकइफु), गोरे गुरुङ (चों), धोज गुरुङ (आगे ठागु) ले एवार्ड प्राप्त गरे । कार्यक्रममा पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङ र खेम गुरुङ, नायिका अनु र विनिता गुरुङ सम्मानित भए । उक्त अवसरमा २०६० साल अघि बनेका गुरुङ चलचित्र गोठालो, धि धिरंबै बेथा, ङ्योई नासा ट्हो, म्ही सै, ङोल्स्यो, वाचा बन्धन, ह्युलय माया, रोधी, कासी, धिरबै ताँ तथा हेर्वे टलाई सम्मान गरिएको थियो । 

एवार्ड कार्यक्रममा २०६० देखि २०६५ सम्म र २०६५ देखि २०७० सम्म गरी दुई समयावधिका गुरुङ चलचित्र एवं गुरुङ विषयमा निर्मित नेपाली चलचित्रलाई पुरस्कृत गरिएको थियो । गुरुङ चलचित्रको इतिहास भने त्यति लामो छैन २०५२ सालमा चलचित्र ‘पाते’ बाट गुरुङ चलचित्रको निर्माण आरम्भ भएको थियो । मगर भाषाको पहिलो फिल्म निर्देशन गरेका युवराज मास्के मगरले नै उक्त चलचित्र निर्माण गरेका थिए । अहिलेसम्म हेर्दा आदिवासी चलचित्रमा बढी संख्यामा बनेको चलचित्र गुरुङ भाषामै हो । हालसम्म १ सयभन्दा बढी गुरुङ चलचित्र निर्माण भैसकेका छन् भने केही गुरुङ चलचित्र निर्माणाधीन अवस्थामा छन् । 

गुरुङ चलचित्र र त्यसमा काम गर्ने चलचित्रकर्मीलाई अघि बढ्न सजिलो होस् भन्ने हेतुले २०६५ सालमा गुरुङ फिल्म एशोसियसन (जिफान) स्थापना गरीएको छ । अबदेखि हरेक दुई–दुई वर्षमा यो एवार्ड कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।




Wednesday, March 2, 2016

How to edit favicon photo in blogger

Nepal's Gurung Community Says Goodbye To A Trying Year

Anusha Gurung (left) and her friend Illa Gurung take part in a New Year's dance competition in Kathmandu, Nepal. i
Anusha Gurung (left) and her friend Illa Gurung take part in a New Year's dance competition in Kathmandu, Nepal. Salim Ali/for NPR hide caption
toggle caption Salim Ali/for NPR
Anusha Gurung (left) and her friend Illa Gurung take part in a New Year's dance competition in Kathmandu, Nepal.
Salim Ali/for NPR
At a New Year's celebration in Kathmandu, people are munching water buffalo dumplings and sipping moonshine while looking back on a tough year.
"So many people died in the earthquake, so many houses went down," says Dil Bahadur Gurung, 45, who ran a food stall at the Lhosar festival — the name of the Tibetan New Year.
"We were thinking not to celebrate this year," says Dil Bahadur, whose village home was destroyed in the earthquake and who lost five of his neighbors. "But we decided to because the government told us we have to. It brings positive energy and honors those who died."
Actually, there are a lot of New Years on the Nepalese calendar. The official New Year comes in April. There are Tibetan New Year dates as well. But the dance clubs and bars of Kathmandu will be filled with revelers ushering in the Western New Year tonight.
Dil Bahadur's attitude reflects the mood of the country. Twin earthquakes in April and May killed almost 10,000 and wiped out half a million homes.
The passing of the country's long-delayed constitution in September should have been cause for celebration, but several groups felt left out of the fast-tracked document. This continued a series of violence that has killed over 40, including security forces and a 4-year-old child. For the past three months, unrest at the Indian border has caused an unofficial blockade and severe fuel crises, which many Nepalis believe are orchestrated by India to show political might. To top it all off, postearthquake reconstruction is painfully slow. The government has yet to release any of the $4 billion donated by the international community; in the meantime, many quake survivors are spending the Himalayan winter in tents and tin shacks.

Tuesday, March 1, 2016

A brief history of gurung (tamu) society ... GURUNG



The Gurung people are an ethnic group who migrated from Tibet in the 6th century to the central region of Nepal. Gurung, Sherpa, Tamang, Thakali, Manaaggi, Mustaaggi, Walunggi and many east Asian featured people of Nepal are the indigenous people of Nepal’s mountainous valleys. Their ancestors practiced Tibetan Buddhism and Bön (shamanism). According to the recent 2007 surveys, most Gurung people are Buddhist. They live primarily in north west Nepal in Gandaki zone, specifically Lamjung, Kaski, Mustang, Dolpa, Tanahu, Gorkha, Parbat and Syangja districts as well as the Manang district around the Annapurna mountain range. Some live in the Baglung, Okhaldhunga and Taplejung districts and Machhapuchhre as well. Small numbers are believed to be living in Sikkim, Bhutan and India’s West Bengal.
There are 686,000 Gurung (Τamu) (0.39% of Nepal’s total population) of which 338,925 speak the Gurung language. Their ancestors, culture and traditions are traced back to Tibet. Though, Tibet is called “Bhot” in Nepali language, the word “Botay” is consider derogatory to refer to Asian featured Nepalis. They coexist well with other ethnic groups of Nepal such as Madhesi and Khas. Khas and Madhesi people are Hindu, Indo-Aryan group who have migrated to Nepal after 12th century and brought with them the Hindu caste system. Most Gurung and other indigenous Nepalese of Asian features are Buddhist and so they are not bound by the Hindu caste system. Nepali of Asian appearance refer themselves as Mongoloid. Sometime, the term Mongoloid gets mistaken by youngsters and they think their ancestors originated from Mongolia. No study findings have pointed Gurungs origin to Mongolia. Instead, many studies and historians had confirmed their origin to Tibet.
Early History
The Tamu (Gurung) Pye refers to the very beginning of civilization, more than eight or nine thousand years ago. They tell the origin of human beings and of the materials that they used. Tamu Priests still use some of these primitive utensils in their rituals. The Pye do not seem to have changed substantially over time.
They refer to the ancestors of the Tamu, their Aji-khe (Khe-ku, nine male ancestors), Aji-ma (Ma-i, seven female ancestors), and Aba Kara Klye, spiritual master, lords, ghosts etc. Tamu Pye tells how the first people lived in Cho (“Tso”, which means lake in Tibetan) Nasa, a lakeside village, where they planted the first grain, barley. Then they dispersed to other places such as Sa Nasa, Dwo Nasa, Si Nasa and Kro Nasa, the latter being in the south, hot and fertile. Later the northern Cho Nasa was rich in religious activity, speaking Tamu-Kwyi. Other Tamu villages developed according to their proximity to the northern and southern ends. There are also stories about the discovery of fire, how the drum was first made, and many other things in the Pye.
The ancestors of the Tamu, Ma-i and Khe-ku, seem to have been represented as seven lakes (the former) and nine mountain peaks (the latter). There is a traditional assumption that Cho Nasa, as described in the Pye-ta Lhu-ta, lay in western Tibet, and was ringed by seven lakes and surrounded by three mountain ranges. To the south, in Xinjiang in Western China, north of Tibet, in the Turfan Depression, lay Kro Nasa. Large lakes are called nuur in Tibetan, nor in Western China, and tso(cho) in Tibet. In Tamu tradition, as they migrated from one site to another, they would call the new site by the old name if it was similar in aspect. Tamu Pye tells that the soul of a dead person is believed to go first to Koko-limar-tso, which is under water. In the Qinghai region of China lies a huge lake with an island in the middle called Koko Nor ( or Ching Hai). It is similar to Hara Usa Nuur (one of the seven lakes) of western Mongolia, and some near-by places have names which end in “chow”, conceivably derived from the Cho Nasa of almost six or seven thousand years ago, described in Tamu Pye. Similarly Sa Nasa, Two Nasa, Si Nasa and kro Nasa could be placed in the Qinghai, Gansu, Sichuan and Yunnan regions of China respectively, running southward to Tibet and then Nepal.

बिस्मितालाई खोज्ने क्रममा अर्कैको शव फेला


फाल्गुन १८, २०७२- नारायणी नदीमा डुबेर आईतवार दिउसो देखी बेपत्ता भएकी नवलपारीको गैडाकोट १६ अमरापुरीकी १९ वर्षीया विस्मिता ज्ञवालीलाई खोज्ने क्रममा प्रहरीले मंगलवार अर्कै एक पुरुषको शव फेला पारेको छ । ६० वष भन्दा बढी उमेर भएको पुरुषको शव नारायणी नदीमा बग्दै गरेको अवस्थामा फेला पारिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक सत्यनारायण थापाले बताए ।
नाम, थर, वतन खुल्न नसकेको ती पुरुषको शव परिक्षणको लागी भरतपुर अस्पतालमा राखिएको छ । तर बिस्मिता मंगलवार राती सम्म फेला परेकी छैनन ।
उनको खोजी कार्यमा बिहानै देखी, गाउले, उनी अध्ययनरत कलेजका शिक्षक, सुरक्षाकर्मी, आफन्त जुटेका थिए । उनलाई खोज्न गाउबाट पनि ठुलै संख्यामा मानिसहरु खोजि कार्यमा जुटेका थिए ।
त्यस्तै उनी अध्ययनरत कलेका पि्रन्सिपल शेरबहादुर क्षेत्रीको नेतृत्वमा सोमवार पनि १५ जना शिक्षक समेत खोजी कार्यमा नारायणी नदीको किनारमा जुटेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, आफन्त, गाउले सबै उनको खोजीमा दिनभरी नारायणी नदीको किनार चहारे तर फेला पार्न सकेनन ।
'बिस्मिता बेपत्ता भएको घटनाले कलेज परिवारलाई नै मर्माहित बनाएको छ,' प्रिन्सिपल क्षेत्रीले भने, 'खोजी कार्यमा मद्दत पुर्‍याउन कलेज बन्द राखिएको हो ।' घटनाको खबरले परिवार पनि मर्माहित भएको उनले बताए ।


स्वर्ण, सपना र जुडो


फाल्गुन १८, २०७२- १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी जुडो खेलाडी फुपूल्हामु खत्री चार वर्षको छँदासम्म उनको परिवार लेलेप ९, ताप्लेजुङमै थियो, जहाँ उनी जन्मिएकी थिइन् । बुवा दोर्जे खत्री पर्यटन व्यवसायमा कार्यरत थिए । केही वर्ष भरियाका रूपमा रहेका दोर्जे पछि गाइड बने । उनको ६ महिना काम हुन्थ्यो, बाँकी ६ महिना घरमै बिताउँथे । किनभने नेपालको पर्यटकीय सिजन बाह्रै महिना चल्दैन ।
दोर्जेको परिवार ताप्लेजुङबाट राजधानी छिर्‍यो । बासस्थान बन्यो, नयाँबजार । १७ वर्षअघिका दिन सम्भँmदै फुपूल्हामु भन्छिन्, ‘भाइ (छिरिङ दोर्जे) पेटमा हुँदा ममीलाई जन्डिस भएको थियो । त्यसैले सबै काम गरेर बुवाले हामीलाई स्कुल पठाउनुहुन्थ्यो । उहाँ सुरुमा भरिया हुनुहुन्थ्यो । विस्तारै गाइड हुनुभयो । नौपल्ट सगरमाथा चढ्नुभयो ।’

दोर्जेकी पत्नी फुपू थाक्चे शेर्पाले खाजा–नास्ताको सामान्य होटल सुरु गरिन् । यसको नजिक जुडो सिकाउने र मार्सल आर्ट्स केन्द्र थियो/छ । जुडो खेलाडीहरूको खाजा खाने गन्तव्य त्यही होटल बन्यो । एकदिन जुडो खेलाडी लीला अधिकारी र चन्द्र डंगोल त्यहाँ पुगेका रहेछन् । ‘उहाँहरू जुडो खेल्न कोरिया जान लाग्नुभएको रहेछ । उहाँहरूले बुवालाई छोरीलाई पनि जुडो खेलाउनू पछि ठूल्ठूला गेम खेल्न पाउँछिन्, नाम कमाउँछिन् भन्नुभएछ । म त्यही थिएँ तर मलाई केही थाह थिएन । बुवाले सही ठानेर मलाई जुडो खेल्न पठाउनुभयो,’ २१ वर्षीया फुपूल्हामुले भनिन् ।

‘सुरुमा गाह्रो भयो । जीउ पूरा दुख्थ्यो । खेल्नै नजाउजस्तो हुन्थ्यो,’ फुपूले आठ वर्षअघिको अनुभव सुनाइन्, ‘जुडो बुझ्नै दुई–तीन वर्ष लाग्यो । त्यसपछि बल्ल खेलाडी बन्छु भन्ने लाग्यो ।’ स्कुल गेममा सिनियरसँग पछारिंदै उनले खेलजीवन सुरु गरेकी थिइन् । त्यसबेला सरोज महर्जन, रमेश मगर, लीला अधिकारी, इन्दिरा राई, देवु थापा, सुशीला अधिकारीलगायतका खेलाडी उत्कृष्ट मानिन्थे । ‘म पनि उहाँहरूजस्तै खेल्न पाए, हुन पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन् ।

त्यसबेलाकी च्याम्पियन रञ्जु राईलाई हराएर उनी पहिलोपल्ट राष्ट्रिय टिममा छनोट भइन् । अहिले विदेशमा रहेकी रञ्जुले सागमा स्वर्ण जितेपछि फुपूलाई म्यासेज गरेकी थिइन्, ‘तिमी यस्तो बलियो रहेछौ र त मलाई हरायौ ।’ सुरुमा ५२ केजी, ५७ हुँदै फुपूले अहिले ६३ केजीमा नेपाललाई सागमा स्वर्ण दिलाएकी हुन् । जयपुरमा ६ वर्षअघि भएको राजीव गान्धी जुडो च्याम्पियनसिपमा कांस्य हात पार्दै सिनियरमा प्रवेश गरेकी उनले दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा दुईपल्ट रजत जितेकी छन् । उनले एसियालीस्तरका जुनियर च्याम्पियनसिपमा पनि तीन पदक हात पारेकी छन् ।

‘फनजस्तो रमाइलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘बुवाको लक्ष्य मैले ओलम्पिकसम्म खेलोस् भन्ने रहेछ, भनिरहनुहुन्थ्यो । तर, म जाडोमा म्याट चिसो हुन्छ भनेर कतिपल्ट खेल्नै जाँदिनथें । साह्रै चञ्चले थिएँ । नयाँबजारमा मलाई चिन्नेहरू पहिले सिंगान चुहाउँदै हिंड्थी, अहिले गोल्ड मेडल पो जितेर ल्याई भन्छन् । त्यो भन्दा रमाइलो लाग्छ ।’

१२ औं सागको सफलताबारे उनी भन्छिन्, ‘खुसीको सीमै छैन । तर, सफल हुन अझै बाँकी नै छ । यो त सुरुआत मात्र हो । यो मेरोमात्र जित होइन, सबै गुरु र सम्पूर्ण नेपालीको जित हो । मेरो कर्म यही (जुडो) हो । जुडोले मलाई प्लेटफर्म दियो र भविष्यको बाटो देखायो । यतिसम्म खेल्छु भन्ने निश्चित छैन । तर, समस्या आयो भने पनि समाधान गरेर खेल्नेछु । जुडोले नाम र इज्जत दियो यसलाई छोड्न सक्दिनँ ।’

जुनियर, सिनियरका स्कुल, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै खारिएर अहिलेको अवस्थामा आइपुगेको उनको अनुभव छ । ‘मुख्यत: आफ्नो मिहिनेत हो, आफैंले परिश्रम गरेन भने केही सम्भव छैन । मिहिनेत, लगन र आफूमा केही गर्छु भन्ने जुनून हुनुपर्छ र त्यसलाई देखेर कोचले मौका दिनुपर्छ । यी अवसर मैले पाएँ ।
यस्ता मौका नपाएको भए म राष्ट्रिय प्रतियोगितामै सीमित हुन्थें,’ उनले भनिन्, ‘नेपाली खेलाडी धेरै मिहिनेती छन् । उनीहरूको सीप देखाउन अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रशिक्षणको खाँचो छ । मैलेजस्तै एक्सपोजर अरूले पनि पाए भने नेपाली खेलकुद धेरै माथि पुग्न सक्छ ।’
उनले जितेको स्वर्ण नेपालले दक्षिण एसियाली खेलकुदको जुडोमा २१ वर्षयताकै पहिलो हो । उनी जुडोमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि हुन् । ‘पहिले महिलाले जुडोमा स्वर्ण नजितेको थाहै थिएन । आश्चर्य लाग्यो । खुसीको कुरा, पछिको पिँढीले पहिलो महिला गोल्ड मेडलिस्ट भनेर मलाई सम्झिनेछन् ।

स्तर...
‘नेपालीहरू निकै मिहिनेत गरेर प्रशिक्षण गर्छन् । तर, ट्रेनिङका लागि चाहिने इक्विप्मेन्ट र सुविधा अत्यन्त न्यून छ । त्यसैमा हामी पछाडि छौं । सामग्री र सुविधा उपलब्ध गराए नेपाली खेलाडीले अझै धेरै गर्न सक्छन्,’ फुपूले भनिन् । हाल ओलम्पिक छात्रवृत्तिअन्तर्गत बुडापेस्ट (हंगेरी) मा रहेकी उनी भन्छिन्, ‘बुडापेस्ट र काठमाडौंको सुविधा तुलना नै गर्न मिल्दैन । भूकम्प र नाकाबन्दीले तनाव दिएका बेला पनि हामीले स्वर्ण जित्यौं । रजत र कांस्य अझ धेरै थप्यौं । यसलाई राम्रै मान्नुपर्छ । सरकारले खेललाई प्राथमिकता नदिंदा हामी पछाडि पर्दै गएका छौं ।’

उनले सागअघि झन्डै एक महिना बुडापेस्टमा ट्रेनिङ गरेकी थिइन् । अन्तर्राष्ट्रिय जुडो र युरोपका उत्कृष्ट खेलाडीसँग निरन्तर खेल्दा डर हराउँदै गयो । नत्र पहिले भारतीय खेलाडीसँग भिड्दा मानसिक दबाबमा हुन्थें र सानो गल्तीले हार्थें । अहिले गल्तीहरू सच्याइरहेकी छु । यही क्रममा रियो ओलम्पिक २०१६ मा छनोट हुने आस छ ।’ ओलम्पिक छनोटका रूपमा रहेको एसियन जुडो च्याम्पियनसिपलगायत प्रतियोगिता उनले खेल्नेछिन् ।

दिल्लीबाट बुडापेस्ट जाने फ्लाइट छुटेपछि काठमाडौं आएकी उनले बुधबार हंगेरी पुगेर ट्रेनिङ सुरु गरिसकेकी छन् । काठमाडौंमा रहँदा उनी अन्तर्वार्ता दिन र सम्मान थाप्न व्यस्त थिइन् । स्वर्ण जितेपछि सेलिब्रिटी भइयो नि ? ‘मलाई त्यस्तो लाग्दैन, नर्मल नै छुजस्तो लाग्छ । साथीहरू पनि ट्वाँ पर्छन्, तँ त सेलिब्रिटी हो भन्छन् । म तिमीहरूजस्तै हो, पहिलेकै फुपू हो भन्छु । साथीहरू अलि स्ट्यान्डर्ड भएर हिंड् भन्छन् । तर, म पहिलेकै फुपू हुँ,’ उनले बताइन् ।

एक स्वर्ण जितेको फुटबलको मात्र हाईहाई भइरहेका बेला उनी भन्छिन्, ‘फुटबलको बच्चादेखि बूढासम्म फ्यान हुन्छ ।

जहाँ पनि फुटबल फ्यान भेटिन्छ । जुडो र उसु सम्भवत: धेरैले सुनेका छैनन् होला ।

मलाई परिवारसँग हिंड्दा तिमी कुन खेलाडी भन्छन् । जुडोको हुँ भन्दा कराँतेजस्तै हो भनेर सोध्छन् ।’

फुटबलका २० खेलाडीको एक स्वर्ण बराबरीको सफलतामा उनी केही खिन्न भने छिन्, ‘पहिले मैले स्वर्ण जितें, त्यसपछि फुटबलले । फुटबलकै मात्र हाइलाइट हँुदा अलिकति खल्लो चाहिँ लाग्यो । हामी पनि भारतलाई जितेर आएका हौं, हाम्रो पनि गोल्ड हो फुटबलको मात्र होइन ।

फुटबल विश्वव्यापी लोकप्रिय छ, सबै मान्छेले चिनेको खेल हो, त्यसैको प्रभाव हो यो ।

बाहिर त जुडो खेलाडीलाई पनि सम्मान गर्छन्, नेपालमा प्रतियोगिता र सफलता कम भएकाले नचिनिएको होला ।’
बुवा र सगरमाथा
मिहिनेत गरेपछि प्रतिभावान् बन्नेमा विश्वास राख्ने फुपूले बुवाको घर देखेकी छैनन् । उनको हजुरआमा तिब्बती हुन् । बौद्ध संस्कृति पछ्याएको परिवारका उनी नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको फर्म घरमा थन्क्याएर हंगेरी लागेकी थिइन् । पिपल्स कलेजमा बीबीएस अध्ययनरत उनको परिवार दिदी डोमाको आम्दानीमा निर्भर छ । डोमाले बुवाको मृत्यु भएपछि त्यही कार्यालयमा एकाउन्टेन्टको काम पाएकी थिइन् ।

चैत, २०७० मा काठमाडौंमा दक्षिण एसियाली जुडो च्याम्पियनसिप भएको थियो । त्यसको तयारीमा फुपू होटलमा थिइन् । ‘बुवाले फोन गरेर पख् तँलाई जुडोमा मात्रै टाइम दिने, हामीलाई नदिने, भेट्न पनि नआउने भन्नुभयो । म छक्क परें,’ बुवासँगको अन्तिम भेटबारे फुपूले सुनाइन्, ‘गुरुलाई भनेर बुवालाई भेट्न गएँ, पूरा दिन बुवासँग बिताएँ । उहाँको कामका लागि मैले नै स्कुटर चलाएर गएँ । राम्रो खेल भनेर पकेटमनी दिनुभयो । म होटल फर्किएँ, बुवा दसौंपल्ट सगरमाथा चढ्न भनी भोलिपल्ट (२२ चैत) बेसक्याम्पतिर लाग्नुभयो ।

वैशाख ५ मा हिमपहिरोमा पर्नुभयो । यसबीच मैले रजत जितेकी थिएँ । अब उहाँको सपना पूरा गर्न ओलम्पिक खेल्न चाहन्छु ।’

उनले बुवाको पथ पछ्याउँदै सगरमाथा आरोहणको सपना पनि बुनेकी छन् । ‘त्यो सपना कहिले पूरा हुन्छ, थाहा छैन,’ उनले भनिन् ।